हिंसाको मार्ग त्याग्न विप्लवलाई आग्रह

हिंसाको मार्ग त्याग्न विप्लवलाई आग्रह

काठमाडौ । मानवअधिकारकर्मी कृष्ण पहाडीले हिंसाको मार्ग त्याग्न नेत्रविक्रम चन्द विप्लवलाई आग्रह गरेको छ । विप्लवले ‘बम पहाडीको ओछ्यानमुनी नै पड्काउने दिन नआउला भन्न सकिदैन’ भन्ने चेतावनी दिएपछि पहाडीले विप्लवलाई हिंसाको बाटो त्याग्न आग्रह गरेको हो।

‘आग्रह यति मात्र हो, हिंसाको मार्ग त्याग गर्नुहोस ।’ पहाडीले भनेको छ– तपाईहरुले थालेको हिंसा वैदेशिक हस्तक्षेप र विखण्डन चाहनेहरुलाई लिस्नो त बन्ने होइन ? पुनरावलोकन गर्नुहोस ।’  मतदानबाट हिंसाको खारेज भन्ने पहाडीको लेखपछि विप्लवले कृष्ण पहाडीको चित्कार शीर्षकमा लेख लेखेको थियो ।

यस्तै पहाडीले आफूले कसैलाई शत्रु नठान्ने भन्दै घृणा र विखण्डनको बाटो त्याग्न सीके राउतलाई पनि आग्रह गरेको छ । राउतको बाटोबाट मधेशको उत्थान र प्रगतिलाई नै क्षति पु¥याइरहेको पहाडीको ठहर छ ।

Share