व्यवसायी हत्याको विरोधमा रुपन्देही बन्द

व्यवसायी हत्याको विरोधमा रुपन्देही बन्द

काठमाडौ । व्यवसायी हत्याको विरोधमा आज पनि रुपन्देही बन्द हुँदा जनजिवन प्रभावित बनेको छ । अस्ति फर्निचर व्यवसाय गर्दै आएका युवा संघ रुपन्देहीका पूर्वकोषाध्यक्ष वसन्त पौडेल बलुको गोली हानी हत्या भएपछि एमाले निकट युवासंघले हिजोदेखि जिल्ला बन्दको आह्वान गरेको हो।

बन्दकर्ताले आज शैक्षिक संस्थाहरु समेत बन्द गराएका छन् । देवदह नगरपालिका –२ ढेकावरमा रहेको समिलमा काठ किन्न भन्दै आएका व्यक्तिले देवदह ५ का बलुको गोली हानी हत्या गरेका थिए ।

हत्याको मनोज पुन समुहले जिम्मा लिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान चलिरहेको जनाएको छ ।

Share