समाजसेवी कुँवरको नेतृत्वमा सरसफाई अभियान सम्पन्न

समाजसेवी कुँवरको नेतृत्वमा सरसफाई अभियान सम्पन्न

काठमाडौ । “सकिन्छ सफा गरौं, सकिन्दैन फोहर नगरौं, फोहरमा विवाद नगरौ कसैले पनि ! ” भन्ने नाराकासाथ सरसफाई अभियान शुरु भएको छ।

सरसफाई अभियानमा उद्योग व्यवसायी तथा समाजसेवी तारा बहादुर कुँवरको नेतृत्वमा ६ वटा जे.सि.वि. सहित रिंगरोड सरसफाई अभियान कार्यक्रम सम्पन्न भएको छ।

सरसफाई अभियान कार्यक्रममा नेपाली सेनाका २०० जवान, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीका २०० जवान, नेप्सेम्याक सेवा प्रा. लि.बाट २ वटा फोहर संकलन गर्ने गाडी र ३० जवान कर्मचारी, का.म.पा. वातावरण विभागबाट ३ वटा फोहर संकलन गर्ने गाडी, सिसडोल सरसफाई केन्द्र प्रा.लि.बाट १ वटा गाडी र १० जवान कर्मचारी, सडक विभागबाट ३० जवान कर्मचारी र ट्याक्सीचालकहरुको समेत सहभागिता रहेको थियो ।

शनिवार बालाजुदेखि कलंकीसम्मको सरसफाई कार्यक्रममा रिंगरोड सडक छेउछाउमा अनियन्त्रित तरिकाले थुपारिएका निर्माण सामाग्रीहरु हटाइएको हो।

यसरी अनियन्त्रित तवरले सडक छेउछाउमा थुपारिएका फोहर हटाउन वारम्बार सामाग्रीधनीसँग ताकेता गर्दा सञ्चारकर्मी र सरसफाईकर्ताबिच बिवाद हुने गरेको सिसडोल सरसफाई केन्द्र प्रा.लि. का कार्यकारी सञ्चालक नवराज मास्केको भनाई छ ।

अव उपरान्त यस्ता खाले फोहोर नगर्न अभियानले आग्रह गर्दै भनेको छ कि यदि फोहोर गरेमा कानून बमोजिम कडा कारवाही गरिने चेतावनी समेत दिएको छ।

Share