अहिलेसम्मकै पहिलो पटक वृहद मिडिया फेष्टिवलको आयोजना

अहिलेसम्मकै पहिलो पटक वृहद मिडिया फेष्टिवलको आयोजना

ललितपुर । आज ललितपुरको मंगलवजारस्थित भण्डारखाल अहिलेसम्मकै पहिलो पटक वृहद मिडिया फेष्टिवलको आयोजना भएको छ ।

इतिहासमै प्रथमपटक आयोजना भएको फेष्टिवललाई बाजागाजाकासाथ सताब्दीपुुरुष डा.सत्यामोहन जोशीले दियोमा बत्ती वालेर कार्यक्रमको उद्घाटन गरिएको थियो।

आयोजित बृहद् मिडिया फेष्टिवलको कुम्भमेलामा टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाइन पत्रिकाको २०० भन्दा बढी स्टलहरुले भरिभराउ थियो।

कार्यक्रममा बोल्दै आदिवासी पत्रकार महासंघका अध्यक्ष डण्ड गुुरुंगले भने, ”आदिवासी पत्रकारहरुको हकहित र सुरक्षा सम्बन्धी नेपालको संविधानमा उल्लेख भइसक्दा पनि लागूू के कारणले नभएको हो ? अब पनि यहि हिसाबले व्यवहार गर्ने हो भने हामी चुप लागेर नबस्ने वेला आइसकेको छ ।” भन्दै कडा चेतावनी दिए।

आयोजित कार्यक्रममा नेपालको पहिलो प्रकाशित पत्रिका कलाकार, पत्रकार महासंघका प्रथम अध्यक्ष सत्येन्द्र वहादुर श्रेष्ठ र प्रथम सम्पादक डा. सत्यमोहन जोशीको विषयमा प्रकाश पारिएको थियो ।

यस मिडिया फेष्टिवलको यस कुम्भमेलामा सूचना विभागका निर्देशक, मिडिया उद्योगपति, समाजसेवी, वरिष्ठ पत्रकार लगाएत कलाकारहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो ।

Share