स्वास्थ्य परीक्षणका लागि अध्यक्ष ओली बैंकक जाने

स्वास्थ्य परीक्षणका लागि अध्यक्ष ओली बैंकक जाने

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि पुस २६ गते बैंकक जाने भएको छ ।

अध्यक्ष ओली नियमित स्वास्थ्य जाँचका लागि ओली बैंकक जान लागेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

ओली पुस २६ देखि ३० सम्म बैंककमा रहनेछ । पछिल्लो केही दिन यता अस्वस्थ्य ओलीले सार्वजनिक कार्यक्रम र भेटघाट समेत बन्द गरेको छ।

Share