पुनःनिर्माणले अढाई वर्षपछि बल्ल गति लिन थाल्यो

पुनःनिर्माणले अढाई वर्षपछि बल्ल गति लिन थाल्यो

काठमाडौ । भूकम्प गएको अढाई वर्षपछि ओखलढुंगामा आवास पुनःनिर्माणले गति लिएको छ । सरकारले पुस मसान्तभित्र दोस्रो किस्ता लिई सक्नु पर्ने समय सीमा तोकेपछि लाभग्राहीले पुनःनिर्माणमा सक्रियता देखाउन थालेका हुन् ।

ओखलढुंगामा भुकम्पपछि सरकारले सर्वेक्षण गरेको कुल लाभग्राहीको सख्या २० हजार १ सय ६५ परिवार रहेका छन् ।

त्यस मध्ये पहिलो किस्ताका लागी अनुदान सम्झौता भएका १८ हजार ७ सय १ घरधुरी मध्ये १८ हजार ५ सय ५९ जनाले पहिलो किस्ता बापतको ५० हजार रकम बुझिसकेका छन् ।

Share