कैयौ प्रजातिका चराहरु हिमाल छिचोलेर नेपाल भित्रिए

कैयौ प्रजातिका चराहरु हिमाल छिचोलेर नेपाल भित्रिए

काठमाडौ । जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिएका छन् । नेपालका चराविज्ञ तथा पंक्षिविद् संघका अध्यक्ष डा हेमसागर बरालका अनुसार धेरै चराहरु हिमाल र पहाडका घाँटी नाघेर जाडो छल्न नेपाल भित्रिसकेको छ ।

मुख्य गरी तिब्बत क्षेत्रमा माईनस डिग्री तामक्रम भएकाले चराहरु जाडो छल्ने नेपाल आउने गर्छन् । केही चराहरु सगरमाथा नाघेरै नेपाल आईसकेको डा बरालले बताए।

साईवेरियाबाट ठूलो संख्यामा चरा नेपाल आएका छन् । यसरी बाहिरबाट झण्डै १५० प्रजातिका चराहरु जाडो छल्न आउने गरेका छन् । बसाई सरेर आउने १५० मध्ये जलक्षेत्रमा बस्ने ५० भन्दा बढी प्रजाति छन् ।

Share