हाइड्रो एक्स्पो २०१८ शुरु

हाइड्रो एक्स्पो २०१८ शुरु

काठमाडौ । काठमाडौंमा आजदेखि हिमालय हाइड्रो एक्स्पो २०१८ शुरु भइरहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपाल र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले भृकुटीमण्डपमा आयोजना गर्न लागेको हिमालयन हाइड्रो एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

यहि २३ गतेसम्म चल्ने एक्स्पोमा जलविद्युतसँग सम्बन्धित ५० विदेशी कम्पनीको सहभागिता रहने आयोजकले जनाएको छ । एक सय स्टल मध्ये ५० प्रतिशत विदेशी कम्पनीले सहभागिता जनाउन लागेका हुन् ।

एक्स्पोमा जलविद्युत् निर्माता, सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकहरुको सहभागिता रहने इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिए ।

Share