सेञ्जल श्रेष्ठले पहिरिइन पहिलो मिस सिन्धुलीको ताज

सेञ्जल श्रेष्ठले पहिरिइन पहिलो मिस सिन्धुलीको ताज

काठमाडौं । सिन्धुली जिल्लाकै इतिहासमा पहिलो भनौ या प्रथम पटक आयोजना भएको मिस सिन्धुली प्रतियोगितामा सेञ्जल श्रेष्ठ पहिलो मिस सिन्धुलीको ताज जित्न सफल भएकी छिन् ।

गीत संगीत, मोडलिंग र नयाँ नयाँ रमणीयस्थलको भ्रमण गर्न रुचाउने मिस सिन्धुली विजेता श्रेष्ठ सिन्धुली क्याम्पसमा विविएस तहमा अध्ययनरत् छिन्। मिस श्रेष्ठ आफू बैंकर बन्ने ठूूलो लक्ष्य लिएर अगाडी बढ्न चाहेको पनि खुलासा गरिन ।

ग्ल्यामरस नेपालद्वारा प्रथम पटक आयोजित प्रतियोगिता मिस सिन्धुलीमा फस्ट रनर अप इशा श्रेष्ठ, सेकेन्ड रनरअप आस्था किरण मगर र थर्ड रनरअपमा सोनु महत छानिएकी हुन्।

नयाँ पुुस्ताका युवतीहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्नकै निम्ति आयोजित यस मिस सिन्धुली प्रतियोगितामा सव टाइटलतर्फ बेस्ट ट्यालेन्ट अवार्ड आस्था किरण मगर, बेस्ट पर्फमेन्स सोनु महत, बेस्ट डिसिप्लेन सुष्मा तामाङ र वेस्ट पर्शनालिटी अवार्डमा आरजुु पाण्डे उपाधिबाट सम्मानित भएको हो।

त्यस्तैगरी प्रतियोगितामा मस्ट कन्फिडेन्ट, ब्युटिफूल स्माइल, अडियन्स च्वाइस आवार्ड सृष्टि स्याङ्बा, बेस्ट फ्रेन्डसीप/मस्ट ग्ल्यामरस अवार्ड अनुषा श्रेष्ठ, बेस्ट फोटोजेनिक/ब्युटिफूूल वाक सेन्जल श्रेष्ठ, ब्युटिफूूल फिगर/ब्युटिफूूल स्कीन इशा श्रेष्ठ र ब्युटिफूूल हेयर सुजिता लोक्चानले जितेका छन्।

प्रतियोगिताको निर्णायक मण्डलमा पत्रकार लीलानाथ घिमिरे र दिपक श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायिका प्रशन्ना पाण्डे र जेसिआई सिनेटर सुशिलबाबु श्रेष्ठ थिए।

मिस सिन्धुली प्रतियोगिताका बिजेताले मिस नेपाल प्रतियागितामा सहभागीता जनाउन पाउनुको साथै विजेता, उपबिजेता र सेलेक्टेड प्रतिस्पर्धीलाई विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिएको आयोजक ग्ल्यामरस नेपालका प्रबन्ध निर्देशक आशिम ज्वयल श्रेष्ठले बताए ।

भब्य र सभ्य प्रतियोगितात्मक कार्यक्रममा गायक आनन्द कार्की र गायिका प्रसन्ना पाण्डेले गरमागरम गीत गाएर उपस्थित दर्शकहरुलाई नचाएर सारा माहौल नै तताएको कार्यक्रम संचालक लक्ष्मण ज्वयल श्रेष्ठले वताए ।

मिस सिन्धुली प्रतियोगिता कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्ष विनेश कुमार श्रेष्ठले बिजेता प्रतियागीहरुलाई पुरस्कार वितरण गरेका थिए।

Share