डीपीएल २ खेल्ने खेलाडीको नाम दर्ता शुरु

 डीपीएल २ खेल्ने खेलाडीको नाम दर्ता शुरु

काठमाडौ । आगामी चैत १७ देखि बैशाख १ गतेसम्म सञ्चालन हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट टूका लागि खेलाडीको नाम दर्ता आजदेखि शुरु भएको छ।

डीपीएल २ खेल्ने खेलाडीहरुको छनौट प्रक्रिया अक्सनबाट गरिनेछ । फागुन ५ मा अक्सन हुनेछ । यसका लागि खेलाडीहरुले आजदेखि माघ २५ गतेसम्म आफ्नो नाम दर्ता गरिसक्नु पर्ने धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

प्रतियोगिताको विजेताले २५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १० लाख, तेस्रो हुनेले ३ र चौथोले २ लाख पाउनेछ । विजेताको रकम गत वर्ष भन्दा १० लाख रुपैंया बढाईएको छ । गत वर्ष विजेतालाई १५ लाख र उपविजेतालाई ७ लाख दिइएको थियो ।

आयोजकले प्रतियोगिताको कुल लागत करिव ३ करोड रहेको जनाएको छ

Share