सशक्त बैकल्पिक शक्तिको रुपमा विकास र विस्तार गर्ने

सशक्त बैकल्पिक शक्तिको रुपमा विकास र विस्तार गर्ने

काठमाडौ । १० बुँदे घोषणापत्र जारी गर्दै नयाँ शक्ति पार्टी नेपालको बैठक आज सकिएको छ । कास्कीको माछापुछ्रे गाउँपालिकाको ल्वाङ होमस्टेमा तीन दिनसम्म चलेको बैठकले बैठकले पार्टीलाई सशक्त बैकल्पिक राजनीतिक शक्तिका रुपमा विकास र विस्तार गर्ने सहित १० बुँदे घोषणा पत्र जारी गरेको हो।

पार्टीको औचित्य नसकिएको बरु झन् बढेको नयाँ शक्तिको निष्कर्ष छ । चुनावमा अपेक्षाकृत परिणाम नआएपछि समिक्षा गर्न बसेको बैठकले पार्टीलाई बैकल्पिक राजनीतिक शक्ति बनाएरै छाड्ने संकल्प गरेको संयोजक डा. बाबुराम भट्टराईले निकालेको बिज्ञप्तिमा उल्लेख छ ।

फागुन १०, ११ र १२ गते संघीय परिषद्को बैठक बस्ने र ५ वर्षे कार्ययोजना बनाउने निर्णय बैठकले गरेको छ । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा संयोजक भट्टराईले पार्टीलाई बैकल्पिक राजनीतिक शक्ति बनाएरै छाड्ने संकल्प गरिएको बताए ।

संयोजक भट्टराईले कांग्रेससँग मुद्दामा सहकार्य हुन सक्ने तर, नयाँ शक्ति पार्टीलाई अलग्गै धार र स्वतन्त्र पहिचान सहित अघि बढाउने जानकारी दिए।

Share