राजधानीको माग गर्दै ठाउँ-ठाउँमा बन्द, हड्ताल र आन्दोलन जारी

राजधानीको माग गर्दै ठाउँ-ठाउँमा बन्द, हड्ताल र आन्दोलन जारी

काठमाडौ । प्रदेश राजधानीको विषयलाई लिएर आज पनि देशका विभिन्न ठाउँमा आन्दोलन जारी छ । धनकुटालाई प्रदेश नम्बर एकको राजधानी बनाउनु पर्ने भन्दै स्थानियले आज पनि आमहड्ताल जारी राखेका छन् ।

माग पूरा नभएसम्म धनकुटा बजार निरन्तर बन्द जारी रहने संघर्ष समितिका सदस्य तारा तितुङले बताए ।

प्रदेश नम्बर ५ को राजधानी बुटवल हुनु पर्ने माग सहित आन्दोलन शुरु भएको छ । आज विहान ११ बजे पुष्पलाल पार्कमा दवाव ¥याली निकाल्ने एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले जानकारी दिए ।

यस्तै ७ नम्बर प्रदेशको प्रादेशिक राजधानीको माग राख्दै डोटी जिल्ला अनिश्चितकाल बन्दको घोषणा गरिएको छ । आजदेखि डोटीको बुडर क्षेत्रमा समेत बन्द गरिने संघर्ष समितिले जनाएको छ ।

Share