शितलहरले तराईवासीका जनजीवन कष्टकर

शितलहरले तराईवासीका जनजीवन कष्टकर

काठमाडौ । तराईका जिल्लाहरुमा शितलहर शुरु भएसंगै जनजीवन कष्टकर बनेको छ । आज पनि दिनभर भारतसंग सीमा जोडिएका तराई क्षेत्रका धेरै ठाउँमा दिनभर बाक्लो हुस्सु लाग्ने मौसमविद् मीनकुमार अर्यालले बताए ।

सिरहा, सप्तरी, धनुषा महोत्तरी, बारा, पर्सा, रौतहट लगायत जिल्लाहरुमा शितलहरका कारण जनजीवन कष्टकर बनेको छ । तराईका धेरै स्थानीय तह तथा सामुदायिक बनहरुले दाउरा वितरण गरिरहेका छन् । धेरै ठाउँका विद्यालय चिसोका कारण बन्द गरिएको छ ।

चिसोका कारण वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएका छन् । बिहानको समयमा सवारी साधन निक्कै कम चलेका छन् ।  तराईका जिल्लामा हुने उडान तथा अवतरणमा पनि समस्या आएको छ । सिरहामा नागरिकको चहलपहल घटेको सहकर्मी जनाएका छन् ।

धनुषामा जाडो बढे पनि सर्वसाधारणलाई आगो ताप्न दाउराको अभाव भएको छ । तराईमा चिसो बढेसंगै निमोनिया, रुघाखोकी, श्वास–प्रश्वास, कोल्ड डायरिया लगायतका स्वास्थ्य समस्याले स्वास्थ्य संस्था तथा अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ ।

Share