वडा अध्यक्षकै फर्जि सिफारिसमा नागरिकता जारी

वडा अध्यक्षकै फर्जि सिफारिसमा नागरिकता जारी

रामेछाप । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडा अध्यक्ष रुद्रमणी नेवारले पदको दुरुपयोग गरि रामेछाप जिल्लाकै नागरिक नभएका व्यक्तिलाई सिफारिस गरि नागरिकता बनाई दिएका छन् ।

उमाकुण्ड गाउँपालिका–७ की दुनिमाया सुनुवारलाई नक्कली आमा बनाएर जिल्ला बाहिरका व्यक्तिलाई नागरिकताको लागि सिफारिस दिएको हो। दुनिमायालाई नक्कली आमा बनाएर वडा अध्यक्षले अपरिचित व्यक्ति निशान सुनुवारको नामबाट नागरिकता सिफारिस गरि दिएका छन्।

निशास सुनुवार नाम राखेर रामेछाप जिल्ला प्रशासन कार्यालयबाट ती अपरिचित व्यक्तिले २०७४ साल जेष्ठ २१ गते नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय रामेछापको ढड्डाबाट खुल्न आएको छ ।

आमा बनेकी दुनिमाया सुनुवारको आफ्ना छोराहरु ३ भाई मात्र रहेका छन् । दुनीमायाको जेठो छोरा टंकराज सुनुवार, माइला छोरा अनमोल सुनुवार र कान्छा छोरा श्याम सुनुवार रहेका छन्।

निशान सुनुवारको नाममा बनेको नागरिकतामा दुनिमाया सुनुवारले आमा बनेर सनाखत गरेकी छन् भने वडा अध्यक्ष रुद्रमणी नेवारले सिफारिस गरेका छन्।

दुनिमायाले आफ्नो छोरा भनि सिफारिस माग्न आएकाले आपूmले सिफारिस पत्रमा हस्ताक्षर गरिदिएको वडा अध्यक्ष रुद्रमणी नेवारले बताए। वडा सचिव केशर बहादुर खत्रीले नागरिकताको सिफारिस फर्म आपूmलाई दिएपछि सिफारिसमा हस्ताक्षर गरिदिएको अध्यक्ष नेवारले बताए।

नागरिकता सिफारिसको लागि सपोर्टमा राखिएको एसएलसीको सर्टिफिकेट समेत नक्कली रहेको पाइएको छ । सर्टिफिकेटमा २०७० सालमा माउन्ट सेभ स्कूल जडिबुटि कोटेश्वरबाट एसएसली पास गरिएको उल्लेख छ ।

उमाकुण्ड–७ मा निशान सुनुवार नाम गरेको ब्यक्ति भएको तर उनी प्रकाश सनुवारको छोरा भएको स्थानीयले बताएका छन् । प्रकाश सुनुवारका छोरा निशान सुनुवारले भने सोही विद्यालयबाट एसएलसी पास गरेका थिए ।

फर्जि नागरिकता दिएको खुलासा भएपछि भूजीका स्थानीयले गृहराज्य मन्त्रालयमा उजुरी समेत दर्ता गराएका छन् ।

Share