शेयर बिक्री वापतको लाभकर तिर्न १५ दिनको समय

शेयर बिक्री वापतको लाभकर तिर्न १५ दिनको समय

काठमाडौ । ठूला करदाता कार्यालयले एनसेलको शेयर बिक्री गरी नेपालबाट बाहिरिएको टेलीया सोनेरा कम्पनीलाई शेयर बिक्री गर्दा पाएको लाभ वापतको लाभकर तिर्न १५ दिनको समय दिएको छ ।

ठूला करदाता कार्यालयले आज टेलिया कम्पनीको स्विडेनस्थित मुख्यालयको नाममा सार्वजनिक सूचना जारी गर्दै लाभकर, ब्याज तथा शुल्क समेत गरी हिजोसम्म कर बक्यौता ६५ अर्ब ४० करोड ३१ लाख ६० हजार १ सय ८० रुपैयाँ नाघेको जनाएको छ ।

टेलियाले अब १५ दिन भित्र ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैंया बुझाउनु पर्ने र त्यसमा ब्याज र हर्जाना गरी ५ अर्ब थप भएको पनि सूचनामा उल्लेख छ।

सर्वोच्च अदालतले सेयर बिक्रीमा लाग्ने लाभकरको दायित्व एनसेलको नभएको आदेश गरे लगत्तै ठूला करदाता कार्यालयले सूचना निकालेको हो।

Share