मूल्य वृद्धिपछि पनि आयल निगम घाटामै

मूल्य वृद्धिपछि पनि आयल निगम घाटामै

काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिपछि पनि निगमलाई मासिक २६ करोड ४० रुपैयाँ घाटा रहेको जनाएको  ।

निगमका प्रवक्ता तथा निर्देशक वीरेन्द्र गोइतले स्वचालित मूल्य प्रणाली अनुसार समयमै मूल्य समायोजन गर्न नसक्दा ठूलो घाटा बेहार्नु परेको बताए।

प्रवक्ता गोइतका अनुसार मूल्य वृद्धिपछि पेट्रोलबाट निगमलाई प्रतिलिटर २ रुपैयाँ ६७ पैसा, डिजेलमा १ रुपैयाँ ७४ पैसा र मट्टितेलमा १५ रुपैयाँ २७ पैसा नाफा हुनेछ।

ग्यासमा भने अझै प्रतिसिलिण्डर २८१ रुपैयाँ घाटा रहेको गोइतले बताएको हो ।

Share