एभरेस्ट DXN ग्रुप एकाई समिति गठन

एभरेस्ट DXN ग्रुप एकाई समिति गठन

काठमाडौ । देशैभर अहिले रगतको चरम अभाव खड्किएको अवस्थामा छ । रगतको महत्व र रक्तदानको आवश्यकता बारेमा स्थानीय स्तरमा जनचेतना फैलाऊने कार्य पनि भई नै रहेको छ ।

यसै सिलसिलामा युवायुवतीहरूलाई रक्तदान कार्यक्रममा आबद्ध हाऔं नाराकासाथ नेपाल स्वयंसेवी रक्तदाता समाजले आफ्नो स्वयंसेवी रक्तदाताहरूको सञ्जाल निर्माणमा तिब्रता ल्याएको छ ।

यसै कार्यलाई मध्येनजर गरेर नेपाल स्वयंसेवी रक्तदाता समाज, एभरेस्ट DXN ग्रुप एकाई समिति गठन भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष तथा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा पुकार छन्त्याल अध्यक्ष रहने गरी एक तदर्थ समिति गठन गरिएको छ।

जसमा उपाध्यक्ष भिमसेन बस्नेत, सचिव रेश्मा लामिछाने, कोषाध्यक्ष डिल्ली कुमार राई र सदस्यहरूमा क्रमशः पहल सिङ्ग रावल, नीर बहादुर मगर र राजु लामा रहेको छ।

नव गठित समितिलाई केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यद्वारा बिधान सम्मत् शपथ ग्रहण समेत गराईएको थियो ।

Share