२ करोडको राहत सामाग्री नवाँडिकन भण्डारणमै कुहियो

२ करोडको राहत सामाग्री नवाँडिकन भण्डारणमै कुहियो

काठमाडौ । नुवाकोटमा भूकम्पपीडितका लागि राखिएका २ करोड रुपैयाँ बराबरका खाद्यान्न सहितका राहत सामग्री नष्ट गरिएको छ।

विदुरमा रहेको इलम प्रशिक्षण केन्द्रमा भण्डारण गरिएको राहत सामग्रीको म्याद सकिनुका साथै कुहिएर प्रयोग विहीन बनेको भन्दै प्रशासनले एक हप्ता लगाएर नष्ट गरेको छ।

२०७२ वैशाख १२ विनाशकारी भूकम्प गएलगत्तै विभिन्न संस्था र दातृराष्ट्रले दिएको सहयोगको सही व्यवस्थापन नहुँदा राहत सामाग्री प्रयोग विहिन भएको हो।

नष्ट गरिएको राहत सामाग्रीको मूल्य २ करोड भन्दा बढीको भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए।

भण्डारणमा सुरक्षित तीन करोड रुपैयाँ बराबरका टेन्ट, त्रिपाल, तयारी पोशाक, कम्बल–डस्ना, सौर्य बत्ती, ग्यास चुलो लगायतका सामग्रीको व्यवस्थापन पनि अन्यौलमा रहेको प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।

Share