लोकतन्त्रलाई नै खण्डित पार्ने ठहर

लोकतन्त्रलाई नै खण्डित पार्ने ठहर

काठमाडौ । मानवअधिकार तथा शान्ति समाजले चुनावमा भैरहेको अत्यधिक खर्चले लोकतन्त्र खण्डित हुने भन्दै सचेत गराएको छ।

शान्ति समाजको राष्ट्रिय परिषद बैठकले चुनावमा ‘विषको रुपमा कैयन विकृति पनि देखिएका र भित्रिएको’ ठहर गरेको छ ।

अत्याधिक खर्च लगायत त्यस्ता विकृति निदानका लागि गम्भीर भएर भविष्यमा विकृति दोहोरिन नदिनु सबैको दायित्व भन्दै शान्ति समाजले निर्वाचनको शुद्धिकरण र सुदृढिकरणका लागि व्यापक पहल गर्नु आवश्यक रहेकोमा जोड दिएको छ ।

त्यस्तै घृणात्मक अभिव्यक्तिलाई बढावा दिएर त्यसलाई मानवअधिकारको कित्तामा पार्न खोजिएको भन्दै समाजले आपत्ति जनाएको छ।

त्यसमा केही मानवअधिकार संस्थाले अभियान चलाएको र त्यस्ता संस्थामा संलग्नलाई सदस्यता नदिने र सदस्य रहेको भए सदस्यताबाट निलम्बन वा खारेज गर्ने पनि शान्ति समाजले निर्णय गरेको छ ।

Share