३ ओटा आधुनिक मोटरेवल पुल निर्माण हुने

३ ओटा आधुनिक मोटरेवल पुल निर्माण हुने

काठमाडौ । कालिगण्डकी करिडोरको पर्वत खण्डमा ३ ओटा मोटरेवल पुल निर्माण हुने भएको छ । करिडोरमा पर्ने पर्वतको कुश्मा र फलेवास नगरपालिकाको मोदीखोला पुल, फलेवास र कुर्घाको लमाए खोला पुल र सेतीवेणीको सेतीखोलामा मोटरेवल पुल निर्माणको कार्य अगाडी बढाईएको छ।

मोदी खोलामा ९ करोड १४ लाखको लागतमा ६० मिटर लम्बाईको आधुनिक मोटरेवल पुल निर्माण हुने भएको हो भने लमाए खोलामा ५ करोड ६४ लाख ५१ हजारको लागतमा २५ मिटर लम्बाईको मोटरेवल पुल निर्माण हुन लागेको कालिगण्डकी करिडोर योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए।

त्यस्तै सोती खोलामा भने ५ करोड ८६ लाख को लागतमा २५ मिटर लम्बाईको मोटरेवल पुल निर्माण हुने छ । यी ३ वटै मोटरेवल पुल अर्को आर्थिक बर्ष भित्रमा निर्माण गरिसक्ने लक्ष्य छ।

Share