राति दुबैतर्फको यातायात बन्द

राति दुबैतर्फको यातायात बन्द

काठमाडौ । नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि राति यातायात बन्द गरिने भएको छ । सडक विस्तारको काम भइरहेकोले सडक खण्डमा रातिमा यातयात बन्द गर्न लागिएको हो।

राति १० देखि बिहान ४ बजेसम्म सवारी रोकेर काम गरिने नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए। यस्तै दिउँसोको समयमा पनि एकतर्फी सवारी सञ्चालन गरेर कामलाई तीव्रता दिने प्रमुख यादवले बताए ।

रातिको समयमा भित्तो काट्ने, सम्याउने लगायत काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सञ्चालन गरेर कालोपत्र गर्नेे कामलाई अगाडि बढाउने भएको छ।

हालसम्म सडकखण्डको ६८ प्रतिशत काम सम्पन्न भएको छ । पहिलो खण्डमा ६८ प्रतिशत, दोस्रो खण्डमा ७४ प्रतिशत र तेस्रो खण्डमा ६१ प्रतिशत काम सम्पन्न भएको छ।

आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार अहिलेसम्म १३ दशमलव ५ किलोमिटर सडक एक तह कालोपत्रे भएको छ ।

Share