अमेरीकाले धम्क्याए परमाणु बमको स्वीच आफ्नो हातमा

अमेरीकाले धम्क्याए परमाणु बमको स्वीच आफ्नो हातमा

दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जोङ उनको पछिल्लो अभिव्यक्तिको स्वागत गरेको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले दुई देशवीच वार्ताको सम्भावना रहेको भन्ने किमको भनाईको स्वागत गरेको त्यहाँको सरकारी समाचार संस्था योन्ह्यापले जनाएको छ ।

दक्षिण कोरियाले भनेको छ–‘एक प्रतिनिधिमण्डल पठाउन सक्ने र वार्ताका लागि ढोका खुल्ला रहेको भन्ने किमको भनाईको हामी स्वागत गर्छौ’।

यसबाट ओलम्पिक खेलको सफलताले कोरियाली प्रायद्वीपमा मात्र नभई पुरै पूर्वी एशिया र बाँकी विश्वमा स्थिरताका लागि योगदान पुर्याउने उसको विश्वास छ । नयाँ बर्षको अवसरमा गरेको टेलिभिजन सम्बोधनमा किमले दक्षिण कोरियासँग वार्ताको ढोका खुल्ला राख्ने बताएको थियो ।

कोरियाली प्रायद्वीपमा जारी सैन्य तनाव कम गर्ने प्रयास स्वरुप सियोलमा हुने आगामी शितकालीन ओलम्पिकमा उत्तर कोरियाली प्रतिनिधिमण्डल पठाउन सक्ने किमले बताएको छ।

अमेरीकाले उत्तर कोरियालाई धम्काए परमाणु बमको स्वीच आफ्नो हातमा रहेको भन्दै उनले आक्रमणको चेतावनी पनि दिएको छ ।

– एजेन्सी ।

Share