आयोगलाई वामगठबन्धनले दियो नराम्रो चेतावनी

आयोगलाई वामगठबन्धनले दियो नराम्रो चेतावनी

काठमाडौ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचनको सम्पूर्ण परिणाम तत्काल सार्बजनिक नगरे परिणाम राम्रो नहुने चेतावनी दिएका छन्।

आयोग पुगेर दुबै दलका नेताहरुले निर्वाचनको परिणाम सार्वजनिकमा ढिलाई गरे लोकतान्त्रिक प्रकृया र निर्वाचन आयोगका लागि नै हानिकारक हुने चेतावनी दिएका हुन्।

निर्वाचन आयोगका अधिकारीलाई भेटेपछि एमालेका उपाध्यक्ष भीम रावलले जनादेश तत्काल सार्वजनिक गर्न आग्रह गर्दै ढिलो भए उत्पन्न हुने परिणाम सुखद नहुने जानकारी गराएको बताए । आयोगका पदाधिकारीले निर्बाचन ऐन कानुन वमोजिम नै आफूहरुले काम गर्ने जवाफ दिएको बताए।

आयोगले राष्ट्रियसभा गठन नभएसम्म समानुपातिकको परीणाम सार्वजनिक गर्न नसकिने बताउँदै आएको छ । माउपार्टीका नेता जानुअघि नै आजै दुबै दलका चारवटा भातृसँगठनले प्रमुख निर्वाचन आयुक्तलाई डाक्टर अयोधीप्रसाद यादवलाई भेटेर तत्काल नतिजा सार्वजनिक गर्न दबाब दिएका थिए।

जवाफमा प्रमुख आयुक्त यादवले संबैधानिक जटिलताका कारण नतिजा सार्वजनिक गर्न नमिल्ने बताए । संघीय संसद्मा ३३ प्रतिशत महिलाको सहभागिताका लागि प्रतिनिधिसभाको समानुपातिकबाट पूर्ति गर्नु पर्ने भएकाले अहिले समानुपातिकको परिणाम सार्बजनिक गर्न नमिल्ने यादवले बताए।

Share