दिगो संरचना निर्माण विषयक प्राविधिकसँगको छलफल सम्पन्न

दिगो संरचना निर्माण विषयक प्राविधिकसँगको छलफल सम्पन्न

काठमाडौ । भर्खरै मात्र जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोेधात्मक संरचना निर्माणमा अवलम्वन गर्नु पर्ने विविध प्राविधिक जानकारीमूलक कार्यक्रम सम्पन्न गरेको छ ।

बागडोलथित बेखाज पार्टी भेन्युमा राजमिस्त्रीहरुसँगको भेटघाट कार्यक्रममा १०० भन्दा बढी राजमिस्त्री तथा डिलरवर्गहरुको सहभागिता रहेको थियो। जगदम्बा सिमेन्टले उपभोक्ता तथा समाजप्रति उत्तरदायी रही विविध उपभोक्तामुखी कार्यक्रम समेत गरिरहेको छ ।

कम्पनीले यसै आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔ भन्दै सारा नेपालीलाई देश निर्माणको लागि अपिल समेत गरेको छ।

आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनःनिर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माण गर्नका निम्ति विभिन्न कार्यक्रमहरु अघि सार्दै देशका विभिन्न स्थानमा कार्यक्रमहरु गर्दै आइरहेको छ ।

Share