देशैभर विषादी मुक्त सप्ताह शुरु

देशैभर विषादी मुक्त सप्ताह शुरु

काठमाडौ । ‘घातक विषादी मुक्त संसार, स्वस्थ्य जीवन र पर्यावरणको आधार’ भन्ने नाराका साथ आजदेखि देशभर विषादी मुक्त सप्ताह शुरु भएको छ।

विषादीले मानव स्वास्थ्य र वातावरणमा पार्ने असरका विषयमा जनचेतना जगाउने उदेश्यले बाली संरक्षण निर्देशनालय, निर्देशक समिति र मातहतका जिल्ला कृषि विकास कार्यालयको संयुक्त आयोजनामा विभिन्न कार्यक्रम भइरहेको छ ।

पौष २३ गतेसम्म सञ्चालन हुने सप्ताहमा विभिन्न जिल्लामा फरक–फरक कार्यक्रम गरिने बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक अच्युत प्रसाद ढकालले जानकारी दिए।

विश्वमा विषादीकै कारणबाट वार्षिक तीन लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको बाली संरक्षण निर्देशनालयले जनाएको छ ।

Share