हल्लै हल्लाको भरमा पुँजी बजारमा तरलताको प्रभाव

हल्लै हल्लाको भरमा पुँजी बजारमा तरलताको प्रभाव

काठमाडौ । नेपाल स्टक एक्स्चेन्जका महाप्रवन्धक चन्द्रसिंह साउदले पुँजी बजारमा तरलता अभावको प्रभाव देखिएको बताएको छ।

महाप्रवन्धक साउदले बैंकहरुमा तरलता अभावको कारण नेप्सेमा प्रभाव देखिएको वताएको हो । हल्लै हल्लाको भरमा सेयरमा लगानी नगरी कम्पनीको अवस्था बुझेर मात्र लगानी गर्न लगानी कर्तालाई आग्रह गरे ।

सेयर बजारलाई विस्तार गर्नको लागि अनलाईनबाट सेवा विस्तार आवश्यक रहेको बताउदै साउदले नेप्सेले छिट्टै अनलाइबाट सेवा सुचारु गर्ने समेत बताए।

नेप्से सामान्य घटे पनि कारोबार बढेको कारण नेपालको पूँजीबजारको लागि सकारात्मक सन्देश दिएको उनले बताए ।  बजारको माग अनुसार स्टक एक्स्चेन्जको क्षमता वृद्धि आफ्नो मूख्य प्राथमिकता भएको उनको भनाई छ ।

Share