संसारभर इस्वी सम्बत नयाँ वर्ष मनाउँदै

संसारभर इस्वी सम्बत नयाँ वर्ष मनाउँदै

काठमाडौ । इस्वी सम्बतको नयाँ वर्ष सन् २०१८ आज संसारभर मनाइदैछ । नेपालमा पनि काठमाडौंको ठमेल, पोखराको लेकसाइड लगायत मुख्य पर्यटकिय क्षेत्रमा गएराती विभिन्न कार्यक्रम गरिएको छ ।

आज पनि विभिन्न कार्यक्रम गर्ने तयारी छ। गे्रगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष शुरु भएको हो । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वतको शुरुवात भएको मानिन्छ ।

पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ।

पछिल्लो समय नेपालमा पनि यसलाई मनाउने क्रम बढ्दो छ । विषेश गरी विदेशी पर्यटक आउने पर्यटकीय क्षेत्रमा अंग्रेजी नयाँ वर्षको रौनक हुने गर्छ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, चितवनको सौरहा लगायत ठाउँमा गएराति ‘न्यू इयर इभ’ का रुपमा मनाइएको छ।

Share