संगठनकै कारण चुनावमा हार व्यहोर्नुु परेको निश्कर्ष

संगठनकै कारण चुनावमा हार व्यहोर्नुु परेको निश्कर्ष

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको कमजोर संगठनका कारण चुनावमा हार भएको निश्कर्ष निकाल्दै अब पार्टी सुदृढीकरणमा कटीवद्ध भई लाग्ने घोषणा गरेको छ ।

पोखरामा आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विशेष कार्यक्रममा महामन्त्री कोइरालाले आफूलाई पार्टीको नेतृत्व र प्रधानमन्त्री बन्नु नपरेको भन्दै आफ्ना पिताको पथमा रहेर पार्टीको संगठन सुदृढीकरणमा लाग्ने बताए ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको विशेष कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसले सिट संख्याका आधारमा हारेको जस्तो देखिए पनि कांग्रेस कहिल्यै नहार्ने दाबी समेत गरे।

Share