होमस्टेको व्यापक सभाव्यता बोकेको ह्वाइट गुम्वा

होमस्टेको व्यापक सभाव्यता बोकेको ह्वाइट गुम्वा

सानुराजा पुरी । काठमाडौ जिल्लाको पश्चिममा रहेको नागार्जुन नगरपालिका २९.८ वर्ग कि.मी.मा फैलिएको छ । यस नगरपालिकाको वडा नं ६ डाडाँगाऊ ह्वाइट गुम्वामा होमस्टे संचालनको सभाव्यता अध्ययनको लागि तारा गाँऊ विकास समितिले कार्य प्रारम्भ गरेको छ ।

नागार्जुन नगरपालिकामा रहेका पर्यटकीय गन्तव्य स्थलको खोजि र यस क्षेत्रमा संचालन गर्न सकिने पर्यटन व्यवसायको विषयमा नगर प्रमुख मोहन बहादुर बस्नेत, उप प्रमुख शुशीला अधिकारी र अध्ययन टोली संयोजक डा. आलोक बावु प्रसाईले मन्तव्य राखेका थिए ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने डाडाँगाऊ ह्वाइट गुम्वामा होमस्टे संचालनको सभाव्यताको लागि नगरपालिकाले विशेष ध्यान दिएको, यस क्षेत्रका जनताको आय आर्जन कार्यमा सहयोग गर्न नगरपालिका सधै तयार भएको नगर प्रमुख मोहन बस्नेतले वताए।

प्रकृति र सास्कृतिक रुपले सम्पन यस क्षेत्रमा होमस्टे संचालनको प्रचुर मात्रामा सम्भावना रहेको यस क्षेत्रलाई हरतरहले नगरपालिकाले सहयोग गर्ने उप प्रमुख शुशीला अधिकारीले वताइन् ।

नगरपालिकाको मध्ये भागमा रहेको डाडाँगाऊ क्षेत्रबाट उपत्यकाको दृश्यावलोकन, ह्वाइट गुम्वा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको अधिक सम्भावना रहेकोले यस क्षेत्रलाई छनौट गरिएको जानकारी अध्ययन टोली संयोजक डा. आलोक बावु प्रसाईले दिए ।

तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा ह्वाइट गुम्वा हाल बन्द भए पनि यसको अवलोकन गर्न आउने आन्तरिक र बाह्य पर्यटक नघटेको, यस क्षेत्रमा होमस्टे संचालन गर्न सकेमा स्थानीय जनताले रोजगारी पाउने, स्थानीय उत्पादनले वजार पाउने देखिएको छ ।

पहिचान सहितको काल संस्कृति सहितको राजधानीको यति नजिक होमस्टे संचालन गर्न सकिन्छ ।  सडक पूर्वाधार विकास भएको र केहि स्थानमा सडकको स्तर उन्नती गर्न सके होमस्टे राम्रोसंग सञ्चालन गर्न सकिने स्थानीय बसन्त तामाङले जानकारी गराए ।

होमस्टे संचालनको पूर्वाधार कस्तो हुनु पर्ने, कस्तो घरमा होमस्टे रहने समुदायको सहभागिता कसरी परिचालन गर्न सकिन्छ यस विषयमा भने अध्ययन भैरहेको छ।

Share