प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता

प्रचण्ड र बाबुराम भट्टराईबीच भेटवार्ता

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच नयाँ सरकार गठन, आर्थिक विकास र समृद्धि, लगायतका विषयमा छलफल भएको छ ।

भेटमा भट्टराईले राजनीतिक गतिरोध छिटो अन्त्य गर्न आग्रह गर्दै वाम एकता वारे चासो राखेकोमा प्रचण्डले नयाँ सरकार गठनको गाँठो फुक्ने क्रममा रहेको भन्दै पार्टी एकताले केही समय लिने जवाफ दिएको छ ।

यसअघि प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई छिटो सहमतिमा पुग्न आग्रह गरेका भट्टराईले त्यसकै निरन्तरता स्वरुप प्रचण्डलाई भेटेको भट्टराई पत्नी एवं नयाँ शक्तिकी नेतृ हिसिला यमीले जानकारी दिए ।

Share