चुनावको खर्च विवरण बुझाउन सूचना जारी

चुनावको खर्च विवरण बुझाउन सूचना जारी

काठमाडौ । निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारहरुलाई चुनावको खर्च विवरण बुझाउन सूचना जारी गरेको छ।

आयोगले आज सार्वजानिक सूचना जारी गर्दै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवारलाई खर्च विवरण बुझाउन भनेको हो।

निर्वाचन ऐन अनुसार परिणाम घोषणा भएको ३५ दिन भित्र खर्चको विवरण बुझाउनु पर्ने ब्यवस्था उल्लेख छ । आयोगले उम्मेदवारहरुलाई सम्बन्धित जिल्ला निर्वाचन कार्यालय वा क्षेत्रिय निर्वाचन कार्यालयमा विवरण दिन भनेको छ ।

मंसिर १० र २१ गते दुई चरणमा प्रदेश सभामा ३३० र प्रतिनिधि सभामा १६५ स्थानमा प्रत्यक्ष निर्वाचन भएको थियो । प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारले २५ र प्रदेशतर्फका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने ब्यवस्था छ ।

Share