९५ जना स्वयंसेवीले रक्तदान गरे, सतक रक्तदाता सम्मानित

९५ जना स्वयंसेवीले रक्तदान गरे, सतक रक्तदाता सम्मानित

काठमाडौ । देशभित्र भईरहेको रगत र रक्ततत्वहरूको अभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले आह्वान सम्पूर्ण नेपाली जनतालाई हार्दिक अपिल गरेको छ।

यसै अनुरुप रक्तदान कार्यक्रमलाई सार्थक तुल्याउन एभरेस्ट ग्रुपद्वारा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बृहत रक्तदान कार्यक्रमको आयोजना भयो ।

कार्यक्रममा स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई गु्रपका पूर्वअध्यक्ष देवीराज श्रेष्ठले खादा ओडाई, सदस्य गंगा तामाङबाट DXN लोगो अंकित कप उपहार प्रदान गरिएको थियो भने एभरेस्ट ग्रुपका बर्तमान अध्यक्ष बिजय बुढामगरले मायाको चिनो स्वरुप ताम्रपत्र प्रदान गरि सम्मान गरिएको थियो।

पुकार छन्त्यालले संयोजन गरेको उक्त रक्तदान कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ९५ जनाले स्वयंसेवीले रक्तदान गरेका थिए भने कार्यक्रम सञ्चालन कृष्ण घिमिरेले गरेको थियो ।

Share