पाँच मिनेटमै पाँच करोड

पाँच मिनेटमै पाँच करोड

काठमाडौ । बलिउडदेखि हलिउडसम्म हलचल मच्चाउन सफल विश्वकै अत्यन्त चर्चित भारतीय अभिनेत्री प्रियंका चोपडा अत्यन्त महंगी नायिका सावित बनेकी छिन्। प्रियंकाको लागि मूल्य लगाउने एक से एक कपनी तथा इभेन्टहरु देखिएको छ ।

जी–सिने अवार्डले पनि प्रियंकालाई लिने कोशिश भैरहेको छ । कुरो मिल्न नसकेको मिडिया रिपोटर्सको रिपोर्ट रहेको छ । पैसाकै कारण कुरा नमिलेपछि प्रियंकालाई जी–सिने अवार्ड इभेन्टले पाँच मिनेट डान्स परफर्मेन्सका लागि लगभग ५ करोड दिने तयारी गरेको छ । ५ करोड मूल्यमा प्रियंकाले केवल पाँच मिनेट मात्र परफर्म देखाइने लगभग निश्चित हुने भएको छ ।

प्रियंकाको पपुलारिटीलाई मध्येनजर गर्दै जी–सिने च्यानल पनि उनको माग पूरा गर्न तयार भएको हो । प्रियंका यस वर्ष आफ्नो पहिलो हलिउड फिल्म बेवाचमा देखिसकेकी छिन्। योसँगै उनी यस वर्ष आफ्नो अमेरिकन टिभी शो क्वान्टिकोको तेस्रो सीजन लिएर आउँदैछिन् ।

अभिनेत्री प्रियंका यो शोमा मुख्य भूमिकाको रुपमा देखिँदैछिन् । हालैमा प्रियंकालाई ब्रिटेनमा एशियाको सबैभन्दा सेक्सी महिलाको रुपमा पनि चुनिएकी छिन्।

Share