विद्यालय पुर्ननिर्माण कार्य अत्यन्तै सुस्त

विद्यालय पुर्ननिर्माण कार्य अत्यन्तै सुस्त

काठमाडौ । २०७२ को महाभूकम्पले क्षति भएका सामुदायिक विद्यालयको पुर्ननिर्माण अत्यन्तै सुस्त देखिएको छ । विद्यालय भवन चाँडो नबन्दा विद्यार्थी चिसो मौसममा समेत अस्थायी टहरामा अध्ययन गर्न बाध्य भएका छन् । भूकम्पले क्षति भएका ३ हजार ८ सय ८ विद्यालय पुर्ननिर्माण कार्य अझै शुरु भएको छैन।

भुकम्पले ३१ जिल्लाका ७ हजार ५ सय ५३ विद्यालयमा क्षति पुगेको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका अनुसार अहिलेसम्म ३६ प्रतिशत विद्यालय मात्र बनेका छन् भने ७ हजार ५ सय ५३ सामुदायिक विद्यालय पुर्ननिर्माण गर्नु पर्नेमा हालसम्म २ हजार ७ सय ४१ मात्रै निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ।

अहिले १ हजार ४ विद्यालय पुर्ननिर्माणको चरणमा रहेका छन् । विद्यालयहरु पुर्ननिर्माणका लागि एशियाली विकास बैंक, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका, युएसएड लगायत दातृ निकाय र नेपाल सरकारको स्रोत परिचालन गरी निमार्ण भइरहेको प्राधिकरणले जनाएको छ।

Share