अध्यादेश प्रमाणिकरणप्रति अध्यक्ष ओलीको आरोप

अध्यादेश प्रमाणिकरणप्रति अध्यक्ष ओलीको आरोप

काठमाडौ । राष्ट्रपतिले राष्ट्रियसभा चुनाव सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेकोप्रति नेकपा एमालेले असन्तुष्टि जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश लोकतान्त्रिक मूल्य मान्यता विपरीत त्रुटिपूर्ण ढंगले एकतर्फी दबाबमा आएको टिप्पणी गरेको छ।

काठमाण्डौंमा भएको शहिद हरि नेपाल र चन्द्र पुरीको ३८ औँ स्मृति सभामा बोल्दै एमाले अध्यक्ष ओलीले अध्यादेश प्रमाणीकरण षड्यन्त्रपूर्ण, कपटपूर्ण, अलोकतान्त्रिक ढंगले ल्याइएको भन्दै आपत्ति जनाएको हो ।

कांग्रेसको एकतर्फी दबाबमा परेर राष्ट्रपतिले अध्यादेश जारी गरेको र अध्यादेशको विषयमा परामर्श गर्न खोज्दा कांग्रेसले असहयोग गरेको समेत अध्यक्ष ओलीको आरोप लगाए।

राष्ट्रपतिले अध्यादेशमा परामर्श गर्दा कांग्रेसले सडकमा कार्यकर्ता उतारेर आफैँले भनेको काम गराउनको लागि मर्यादा नाघेको ओलीको टिप्पणी थियो ।

कांग्रेसले चुनाव हारेर पनि सत्ता छोड्न नचाहेको एमाले अध्यक्ष ओलीको आरोप छ ।

Share