राष्ट्रपतिद्वारा अध्यादेश प्रमाणीकरण

राष्ट्रपतिद्वारा अध्यादेश प्रमाणीकरण

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणीकरण गरको छ । सरकारले दुई महिना अघि पठाएको अध्यादेश राष्ट्रपतिले आज प्रमाणिकरण गरेको हो ।

अब राष्ट्रिय सभा सदस्यको चुनाव एकल संक्रमणीय मत प्रणालीका आधारमा हुने प्रष्ट भएको छ । र, सरकारले चुनावको मिति तोक्नेछ।

२०७४ कार्तिक ६ गतेको मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले जारी गरेको राष्ट्रपति कार्यालयका प्रबक्ता कुलप्रसाद चुँडालले जानकारी दिए।

राष्ट्रिय सभाको गठन एकल संक्रमणीय कि बहुमतीय मत प्रणालीका आधारमा गर्ने भन्ने विषयमा विशेषगरी काँग्रेस र एमालेबीच विवाद भएपछि लामो समयदेखि अध्यादेश शीतल निवासमै अड्किएको थियो ।

Share