तरलता अभाव लामो समय नरहने : वित्तिय विज्ञ भट्टराई

तरलता अभाव लामो समय नरहने : वित्तिय विज्ञ भट्टराई

काठमाडौ । हाल बाणिज्य बैंकहरुमा देखिएको तरलता अभाव लामो समय नरहने भएको छ । सरकारको ढुकुटीमा रहेको ३ खर्व रुपैयाँ खर्च हुन नसक्दा र बैंकहरुले तोकिएको सिमा सरह कर्जा प्रवाह गर्दा देखिएको तरलता अभाव लामो समय नरहने वित्तिय विज्ञ अनलराज भट्टराईले बताए।

तरलता अभावका कारण २१ प्रतिशतसम्म ब्याजदर पुग्ने अनुमान गर्न नसकिने बताएको हो । उनले व्याजदर बढाउने बैंकहरुको अस्वस्थ प्रतिष्पर्धाका कारण उत्पादन लागत बढ्ने वित्तिय बिज्ञ भट्टराईले बताए ।

बैंक तथा बित्तिय संस्था धेरै भएर पनि यो समस्या निम्तिएको भन्दै भट्टराईले व्याजदरको लडाई गर्न नपाउने नियम ल्याउन सरकारले राष्ट्र बैंकलाई निर्देशन दिनु पर्ने सुझाव समेत दिए ।

Share