बस्ती बस्तीमा तमु ल्होसारको रौनक शुरु

बस्ती बस्तीमा तमु ल्होसारको रौनक शुरु

काठमाडौ । गुरुङ समुदायको बस्तीमा ल्होसारको रौनक शुरु भएको छ । आज रातिदेखि शुरु हुने तमु ल्होसार अर्थात नयाँ वर्ष मनाउन गुरुङ समुदायमा विभिन्न कार्यक्रमको तयारी गरिएको छ ।

गुरुङ्ग समुदायका नागरिक ल्होसार पर्व मनाउनका लागि चेलिबेटी बोलाउने, आवश्यक सामाग्री जुटाउने काममा व्यस्त भएका छन् ।

गुरुङ तमुहरुले हरेक वर्ष पुष १५ गते नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउँछन । गुरुङ समुदायले मान्दै आएको पात्रो अनुसार च्यल्हो अर्थात (चरा वर्ष) लाई बिदाई गरी आज रातीदेखि खिल्हो अर्थात कुकुर वर्ष लाई स्वागत गरिन्छ ।

ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा हिजो बेलुकीदेखि नै विभिन्न कार्यक्रम शुरु भएका छन् । आज पनि सांस्कृतिक कार्यक्रमका साथै मौलिक कला प्रदर्शनी तथा खेलकुदहरु प्रदर्शन हुने छ ।

तमू ल्होछार मूल आयोजक समितिका संयोजक सिरप्रसाद गुरुङका अनुसार भोलि औपचारिक कार्यक्रमका साथै काठमाडौमा झाँकी सहितको र्याली निकालिने छ।

Share