वाचन प्रबिण पोखरेल अस्ट्रेलियामा सम्मानित

वाचन प्रबिण पोखरेल अस्ट्रेलियामा सम्मानित

जिलोङ, अस्ट्रेलिया । वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेल अस्ट्रेलियाको जिलोङमा आयोजित एक कार्यक्रमकावीच कपिलवस्तु दिवस अभियानद्धारा सम्मानित भएको छ।

राष्ट्रिय पहिचानका लागि नेपालको धार्मिक बैभव र परिचयका प्रतिकहरु पशुपति र वुद्धको मन्दिर स्थापनार्थ बिभिन्न देशका नेपालीहरुलाई अभिप्रेरित र उत्प्रेरित गरेर विशिष्ट योगदान पुर्याए वापत वाचन प्रबिण पण्डित पोखरेललाई कपिलवस्तु दिवस अभियानका तर्फबाट अभियानका विश्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले कदर पत्र प्रदान गरी सम्मान गरेको हो ।

सम्मानित कार्यक्रम समारोहमा वाचन प्रबिण पण्डित दिनबन्धु पोखरेलले तपोभूमि र ध्यानभूमिका रुपमा परिचित संपूर्ण आधुनिक बिज्ञानको मूल श्रोतको रुपमा रहेको हाम्रो बैदिक ज्ञानको उदगमस्थल हाम्रो देशका यी प्राचिन संपदालाई समस्या ग्रस्त आजको विश्वमा समय सापेक्षित बनाएर संभाबित सबै किसिमका सन्जाल मार्फत अगाडि बढन सकिएको खण्डमा विश्वकै नेपालले नेतृत्वदायी भूमिका निर्बाह गर्न सक्ने सोंचकासाथ आफू अगाडि बढिरहेको बताए ।

अन्य देशकाहरु बिदेशमा सयौं बर्ष बिताउँदा पनि आफ्नो भाषा र संस्कृतिलाई कायमै राख्दा नेपालीहरुको नयाँँ पुस्तामा भने आफ्नो भाषा नै पनि बुझ्न र बोल्न नसक्ने देखिएकोले यो समस्या समाधान गर्ने क्रममा आध्यात्मिक पाटोलाई पनि संगसंगै अगाडि लैजान बिभिन्न निकायसंग मिलेर काम गर्नु पर्ने आवश्यकता र संभावनाका बारेमा समेत जोड दिए ।

त्यस्तैगरी लुम्बिनी (कपिलवस्तु दिवस अभियान) का विश्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले नेपाल सरकारले गर्नु पर्ने काम विश्वभरी छरिएर रहेका नेपालीहरुले छोटो समयमा अनपेक्षित रुपमा उल्लेख्य उपलब्धी हासिल गरेको दाबी गरे ।

श्रेष्ठले अभियानको उद्देश्य प्राप्ती कार्यमा अब नेपाल सरकार आँफैले गर्दा पनि समस्या नहुने बातावरण तय गरि दिइसकेको अवस्थामा अब अभियान र सरकार संयुक्त रुपमा अगाडि बढ्नु पर्ने समय आइसकेको बताउँदै अभियानले हासिल गरेका उल्लेख्य उपलब्धीहरु र अबको रणनीतिक कार्य योजना बारे जानकारी दिए ।

यसै अवसरमा अस्ट्रेलियाको लेबर पार्टीका टार्नेट शाखाका अध्यक्ष डा महेश भण्डारी, अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेण्टरका प्रतिनिधि प्रेम प्रशाद कंडेलले आआफ्नो मन्तब्य प्रस्तुत गरेका थिए ।

Share