काँग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाए

काँग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाए

काठमाडौ । नेपाली काँग्रेसले चुनावको समिक्षा गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा चुनावी परिणामको समिक्षा गर्न भोलि विहान ८ बजे केन्द्रिय कार्य सम्पादन समितिको बैठक बस्ने भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवासँगको परामर्शमा भोलिका लागि केन्द्रिय सम्पादन समितिको बैठक बोलाउन लागिएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

चुनावी परिणामपछि पार्टी नेतृत्वसँग असुन्तुष्टी बढ्दै गएपछि केन्द्रीय समितिको बैठक बोलाउन काँग्रेस नेताहरुले माग गर्दै आएका छन्।

केन्द्रिय समितिको बैठक बोलाएर विशेष महाधिबेशन आव्हान गर्न समेत माग भइरहेका वेला पार्टी सभापति देउवाले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको हो।

Share