शिर्ष दुई नेताबीच भएको सहमति

शिर्ष दुई नेताबीच भएको सहमति

काठमाडौ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रकृया अगाडी बढाउने सहमति भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक दुई दिनमै पार्टी एकता संयोजन समितिको बैठक बोलाएर पार्टी एकिकरण प्रकृया अगाडी बढाउने सहमति भएको हो।

पछिल्लो समय पार्टी एकताका विषयमा उब्जिएको शंका हटाउने विषयमा पनि दुई शिर्ष नेताबीच सहमति पनि भएको छ । ओली निवास भक्तपुर बालकोट, भक्तपुरमा भएको भेटवार्तामा वर्तमान सरकारले नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नु पर्नेमा दुबै नेताहरुले जोड दिएको प्रचण्डको सचिवालयले जनाएको छ।

ओलीका प्रेस सहयोगी चेतन अधिकारीका अनुसार निर्वाचन आयोगले नयाँ सरकार गठनका विषयमा वातावरण सहज बनाउनु पर्नेमा दुबै दलको जोड छ ।

Share