महालक्ष्मी बिकास बैंक लि.द्वारा शैक्षिक सामाग्री सहयोग

महालक्ष्मी बिकास बैंक लि.द्वारा शैक्षिक सामाग्री सहयोग

काठमाडौ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत महालक्ष्मी बिकास बैंक लि. खाडीचौर शाखाले बलेफी गाउँपालिका ०७, खाडीचौर स्थित श्री बाल शिक्षा माध्यामिक बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।

बाल शिक्षा माध्यामिक बिद्यालयको ५३ औँ वार्षिकोत्सवको अवसरमा सो बिद्यालयमा अध्यनरत कक्षा १ देखि ५ सम्मका सम्पूर्ण बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो ।

शैक्षिक सामाग्री महालक्ष्मी बिकास बैंक लि. खाडिचौर शाखाका शाखा प्रबन्धक रानु लामाले बिद्यालयका प्रधानाध्यापक वासु पौड्याललाई हस्तान्तरण गरेकोे हो। बैँकले प्रदान गरेको उक्त शैक्षिक सामाग्रीबाट गरिब समुदायका १ सय १० बिद्यार्थी लाभान्वित भएका छन् ।

यस्तैगरी संस्थागत सामाजिक उत्तरदायित्वसंग सम्बन्धित बिभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिदैं जाने प्रतिबद्धता जनाएको छ ।

Share