मिसाइल परीक्षणका दुई नेतृत्वकर्तामाथि प्रतिबन्ध

मिसाइल परीक्षणका दुई नेतृत्वकर्तामाथि प्रतिबन्ध

अमेरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रम नेतृत्व गर्ने दुई जनामाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी अधिकारीहरुका अनुसार किम जोङ सिक र रि प्योङ चोललाई प्रतिबन्ध लगाइएको हो । उनीहरु दुबै उत्तर कोरियाको मिसाइल कार्यक्रमका नेतृत्वकर्ता भएको अमेरिकाको दाबी छ।

मिसाइल परीक्षणका बेला दुबैले लगातार उत्तर कोरियाली नेता किम जोङ उनसँग फोटो खिचाउने गरेका छन् । नयाँ प्रतिबन्ध अनुसार दुबैले अमेरिकामा कुनै कारोबार गर्न पाउने छैनन्।

उनीहरुको कुनै अमेरिकी सम्पत्ति भएपनि त्यसलाई रोक्का गरिने समाचारमा उल्लेख छ । मिसाइल परीक्षणको जवाफमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाविरुद्ध गएको शुक्रबार नयाँ प्रतिबन्ध लगाएको छ ।

उत्तर कोरियाले भने यो कदमले युद्ध निम्त्याएको टिप्पणी गरेको छ ।

– एजेन्सी ।

Share