मेयर शाक्य र उपमेयर खड्गीवीच विवाद चुलियो

मेयर शाक्य र उपमेयर खड्गीवीच विवाद चुलियो

काठमाडौ । काठमाण्डौंको रानीपोखरी पुनःनिर्माणको विषयमा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरवीच विवाद चुलिएको छ।

आधुनिक शैलीमा रानीपोखरी पुननिर्माण गर्न थालिएको भन्दै उपमेयर हरिप्रभा खड्गीले हस्तक्षेप गर्दै काम रोक्न निर्देशन दिएको छ।

आज बिहान रानीपोखरी पुगेर स्थलगत अवलोकन गरेपछि उपमेयर खड्गीले पुरातत्व विभागको स्विकृति विना काम थालिएको भन्दै रोक्न निर्देशन दिएको हो।

पुर्खाले बनाएको धरोहर संरक्षण गर्नु पर्नेमा यसको स्वरुप बिगार्न लागिएपछि आफूले काम अगाडी बढाउन नदिएको उपमेयर खड्गीले बताए। रानीपोखरी पुननिर्माणको कार्यमा मेयर विद्या सुन्दर शाक्यले आफूसँग कुनै छलफल समेत नगरेको आरोप छ ।

उपमेयर खड्कीले अवलोकन गरेपछि लगत्तै स्थानीयले सम्पदामाथि भएको अतिक्रमणको विरोधमा भन्दै रानीपोखरीको गेटमै तालाबन्दी गरेका छन्।

उपमेयर खड्गीले अवलोकन गरी काम रोक्न लगाएर फर्केपछि मेयर शाक्य पनि मध्यान्ह रानीपोखरी पुगेको थियो ।

Share