“तिम्रो फूलबुट्टे चोली” मा रक्षा र श्यामको हेर्नै पर्ने चर्तिकला

“तिम्रो फूलबुट्टे चोली” मा रक्षा र श्यामको हेर्नै पर्ने चर्तिकला

काठमाडौ । नेपाली गीतसंगीत क्षेत्रकै प्रतिभावान, आकर्षणको केन्द्रविन्दु गायिका मेलिना राई र सुवास कार्कीको आधुनिक गीतको म्यूजिक भिडियो “तिम्रो फूलबुट्टे चोली” भर्खरै सार्बजनिक भएको छ ।

लक्ष्मण वस्नेतको शब्द रहेको “तिम्रो फूलबुट्टे चोली” मा संगीत मोहन मगरले भरेका छन् भने एरेञ्ज रहेको छ रोशन बान्तवाको। यस भिडियोलाई युट्यूव च्यानेलमार्फत विश्वभर एकैसाथ सार्वजनिक गरिएको हो।

यस म्यूजिक भिडियोमा रक्षा श्रेष्ठ र श्याम घिमिरेले मन मुटु साट्ने र पिरती गाँस्ने जस्ता अत्यन्तै चाखलाग्दो र घतलाग्दो काइदाको तौरतरिकाहरु प्रस्तुत गरेर लोभ्याउने गरेका छन् ।

“तिम्रो फूलबुट्टे चोली” को म्यूजिक भिडियोलाई शिव बिकले निर्देशन गरेका हुन् । त्यस्तैगरी छायांकन रबिन्द्र बरालले गरेका छन् भने रबिन बि.क. को सम्पादन रहेको छ।

Share