खानेपानी भर्न रातभर जाग्राम बस्नु पर्ने

खानेपानी भर्न रातभर जाग्राम बस्नु पर्ने

काठमाडौ । प्युठानको प्युठान नगरपालिकामा खानेपानीको अभाव हुँदा स्थानियको दैनिकी कष्टकर बनेको छ । नगरपालिकाका दैली सिमल, रातामाटा, चिलाउनेडाँडा, जिमुरे बासीले लामो समयदेखि सास्ती भोग्दै आएका छन् ।

खानेपानी भर्न रातभर जाग्राम बस्नु पर्ने भएकोले बुढापाका तथा एकल परिवार भएकाहरुको विजोग भएको स्थानियले बताएका छन्।

नगरपालिका ३ दैली सिमलकी अम्रिता जि.सी.ले पानी आउन छाडेको ५ महिना भइसकेको बताइन् । गाउँमा रहेका १ सय ५० घर भन्दा वढी परिवारले सुद्ध पिउने पानी त परै जाओस पशु चौपायलाई खुवाउने पानी समेत नहुँदा समस्या उत्पन्न भएको स्थानीयहरु बताउँछन्।

चुनावमा खानेपानीको समस्या समधान गर्ने राजनितिक दलका उमेद्वारहरुले आश्वासन दिए पनि पहल नभएको स्थानियको गुनासो छ।

Share