कटारी नगरपालिकामा बृहद रक्तदान कार्यक्रम

कटारी नगरपालिकामा बृहद रक्तदान कार्यक्रम

सन्तोष कार्की कटारी उदयपुर । “रक्तदान नै जीवनदान” नाराकासाथ आज उदयपुरको कटारी नगरपालिका–३, गोलपार्कस्थित वृहद रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

उक्त रक्तदान कार्यक्रम सगरमाथा हस्पिटल प्रा. लि. र यू के एफएमको संयुक्त आयोजनामा भएको हो । विहान ८ बजेदेखि नै सर्बसाधारण जनता वडो उत्साहपूर्ण रुपमा आफ्नो अमूल्य रगत रक्तदान गरिरहेका छन् ।

अहिले कार्यक्रममा रगत दान गर्ने कार्य जारी छ ।

Share