अन्नपूर्ण पर्यटन महोत्सव २०७४ शुरु

अन्नपूर्ण पर्यटन महोत्सव २०७४ शुरु

काठमाडौ । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने नाराका साथ कास्कीको अन्नपूर्ण गाउँपालिकामा आजदेखि “अन्नपूर्ण पर्यटन महोत्सव २०७४” शुरु हुदैछ।

अन्नपूर्ण गाउँपालिका कास्की र पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङको आयोजनामा गाउँपालिकाको–११ स्थित छोम्रोङमा महोत्सव गर्न लागेको हो।

महोत्सवमा स्थानीय कला शैली र परम्परागत संस्कृतिको झाँकी प्रदर्शनी, खुला महिला र पुरुष भलिबल तथा बास्केटबल प्रतियोगिता, बृहत् निःशुल्क स्वास्थ्य शिविर लगायत कार्यक्रम हुने आयोजकले जनाएको छ ।

Share