आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौ । देशभित्रका सर्वसाधारण जनताले हाल भोगि रहेको रगतको अभावलाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा खुलेर आह्वान नै गरेको छ।

यसै अभियान अन्र्तगत विभिन्न संघ, संस्थाहरूले रक्तदान सम्बन्धि जनचेतनामूलक कार्यक्रम तथा रक्तदान कार्यक्रमहरूको आयोजनाहरु पनि गरि नै रहेका छन्।

अभियानलाई साकार तुल्याउँदै पौष ८ गते चाबहिलस्थित गणेश मन्दिर परिसरमा नेस्वरस का केन्द्रीय अध्यक्ष स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा स्थानिय सहयोगी महिला जागरण मञ्च र नेपाल स्वयंसेवी रक्दाता समाज ३० वडा नगर समितिद्वारा संयुक्त रुपमा एक आकस्मिक रक्तदान कार्यक्रमको आयोजना भएको थियो ।

सहयोगी महिला जारगण मञ्चका अध्यक्ष राधाकुमारी श्रेष्ठको सभापतित्व भएको कार्यक्रममा काठमाडौ महानगर पालिका वडा नं. ७ का अध्यक्ष सुध्द कुमार डंगोल, वडा सदस्य कृष्णमणि भट्टराई र स्थानिय समाजसेवी नरेन्द्र श्रेष्ठ लगाएत विशिष्ट व्यक्तिहरू उपस्थिति रहेको थियो।

उक्त आकस्मिक आयोजित रक्तदान कार्यक्रममा ३६ जना स्वयंसेवी रक्तदाताहरूले आफ्नो अमूल्य रगत रक्तदान गरेका थिए ।

Share