राष्ट्रपति विरुद्ध कार्यकर्तालाई सडकमा उतारे

राष्ट्रपति विरुद्ध कार्यकर्तालाई सडकमा उतारे

काठमाडौ । नेपाली काँग्रेसले राष्ट्रपतिका विरुद्ध आप्ना कार्यकर्तालाई सडकमा उतारेका छन् । राष्ट्रिय सभा चुनाव सम्बन्धी अध्यादेश पारित नगरेकोमा विरोध गर्दै नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध काठमाण्डौमा प्रदर्शन गरेको छ ।

नेविसंघले आज प्रदर्शनीमार्गबाट रत्नपार्क शान्तिबाटिकासम्म प्रदर्शन ग¥यो । नेविसंघका कार्यकर्ताले ‘राष्ट्रपति ज्यू, लोकतन्त्र नतिजा मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाएका थिए । राष्ट्रियसभा चुनाव सम्बन्धी अध्यादेश रोकेर राष्ट्रपतिले संवैधानिक गतिरोध सिर्जना गरेको खोजेको नेवि संघको आरोप छ।

सरकारले एकल संक्रमणीय मत प्रणाली अन्तर्गत राष्ट्रिय सभा चुनाव गर्ने गरी अध्यादेश राष्ट्रपति समक्ष पठाए पनि एमाले माओवादीले बहुमतीय प्रणाली अन्तर्गत चुनाव हुनु पर्ने अडान राखेका छन् ।

Share